वैद्य नेकपा-माओवादीले जस्तो परिस्थिति आउँछ त्यसै अनुसार निर्वाचन बहिष्कारको रणनीति बनाउने

दाङ  । नेकपा-माओवादीको ६ राज्य समिति अन्तर्गतका केन्द्रीय सदस्यहरुको दाङको लमहीमा सम्पन्न दुई दिने बैठकले संविधानसभाको निर्वाचनबाट संविधान नबन्ने ठहर गर्दै निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ ।
 
बैठकपछि पार्टी अध्यक्ष मोहन वैद्यले पत्रकारहरुसँग कुरा गर्दै आफूलाई नेपथ्यको शक्ति र चार दलको सिण्डीकेटले निर्वाचनमा जान रोकेको भन्दै अब सशक्त बहिष्कारको बाटोमा जानुपर्ने अवस्था आएको बताए । 
आफूहरु शान्तिपूर्ण बहिष्कारको पक्षमा रहेको तर सरकार आफैं बल प्रयोग गर्ने मानसिकताबाट आएको भन्दै वैद्यले जस्तो परिस्थिति आउँछ त्यसै अनुसार बहिष्कारको रणनीति बनाउने बताए । 
बैठकमा अध्यक्ष मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द, कुलप्रसाद केसी लगायतका अधिकांश शीर्ष नेताहरु सहभागी रहेका थिए । IMAGECHANNEL