जाजरकोटमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा कांग्रेस उम्मेदवारसहित ३ जना घाइते

जाजरकोट   – जाजरकोटको खलंगा गाउँ विकास समिति वडा नं.- ५  पोखरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा कांग्रेस उम्मेदवार दीपकजंग शाहसहित ३ जना घाइते भएका छन् ।
झडपमा एमाले कार्यकर्ताले प्रहार गरेको ढुङ्गा लागेर कांग्रेसबाट निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शाह, कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय समिति सदस्य चित्रबहादुर वली र तप्त कार्की घाइते भएका हुन् ।
चुनावी प्रचारका क्रममा बाटोमा हिंड्दै गर्दा एमाले कार्यकर्ताले एक्कासी ढुङ्गा प्रहार गर्दा शाहको देब्रे खुट्टामा गहिरो चोट लागेको समानुपाति उम्मेदवार मैना कार्कीले बताइन् । घटनास्थल खलंगा बजार देखि ३ घण्टा टाढा रहेको छ ।
घटनास्थलतर्फ प्रहरी टोली खटाइएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले बताए EKANTIPUR