एमाओवादी दाहाललाई जनमतको सम्मान गर्न कोइरालाको आग्रह

काठमाडौ – निर्वाचनपछिको राजनीतिलाई कसरी सहज तुल्याउने भन्ने विषयमा केन्द्रित रहेर काँग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल भएको छ ।
अध्यक्ष दाहाल निवास बिहान लाजिम्पाटमा भएको भेटमा उनीहरुबीच संविधानसभाको निर्वाचन, मतगणना र परिणामलगायत विषयमा समीक्षा भएको थियो ।  सो अवसरमा सभापति कोइरालाले एमाओवादी अध्यक्षलाई जनताको अभिमतलाई सम्मान गर्न र संविधानसभा बनाउने प्रक्रियामा सहभागी भएर सहमतिका आधारमा अघि बढ्न प्रस्ताव गरेका थिए ।