संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद चयन गर्न दलहरुलाई एक साताको समय थप

काठमाडौं  । निर्वाचन अयोगले संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद चयन गर्न दलहरुलाई थप एक साताको समय दिएको छ । 
दलहरुको आग्रहमा आयोगले समानुपातिकतर्फका सभासदहरुको सूची बुझाउन पौष ३ गतेसम्मको समय थप गरेको हो ।
यसअघि आयोगले दलहरुलाई आजसम्ममा समानुपातिकर्फका सभासद्हरुको सूची बुझाउन समय तोकेको थियो । 
सभासद्का आकांक्षीहरुको संख्या अधिक भएपछि दलहरुलाई समानुपातिकतर्फका सभासद चयन गर्न मुश्किल भएको छ । IMAGECHANNELS