एमालेमा समानुपातिक सभासद छान्ने जिम्मा स्थायी कमिटीलाई

नेकपा एमालेले समानुपातिक सभासद छान्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।बुधबार बसेको केन्द्रिय कमिटिको बैठकले उपयुक्त मापदण्ड तयार गरी संविधानसभाका लागि पार्टीका तर्फबाट समानुपातिक सभासदको नाम चयन गरी निर्वाचन आयोगमा बुझाउन स्थायी कमिटीलाई अधिकार दिएको हो ।
यस्तै बैठकले पार्टीको संगठन सुदृढिकरणका तथा विस्तारका लागि एक महिने विशेष अभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार गर्नका लागि मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ ।
विधानसभा चुनावको समीक्षा प्रतिवेदन निर्वाचन क्षेत्र,, जिल्ला र अञ्चल समन्वय कमिटीले आ आफ्नो तहमा तयार गरी केन्द्रमा पठाउन पनि बैठकले भनेको छ ।
बैठकले संविधानसभा चुनावमा व्यक्त जनमतको कदर गर्दै संविधान निर्माण प्रकृयामा सहभागी हुन एकीकृत नेकपा माओवादी र चुनाव बहिस्कार गरेका नेकपा माओवादीसहितका दललाई आग्रह पनि गरेको छ ।