नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने पार्टी नेता तथा कार्यकर्तामाथि छानबिन सुरु गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने, असहयोग गर्ने वा विरुद्ध लाग्ने त्यस्ता नेता तथा कार्यकर्तामाथि ६ महिनासम्म निलम्बनदेखि तीन वर्षसम्म पार्टी सदस्यताबाट निष्कासन गर्न सक्ने अधिकार अनुशासन समितिलाई छ ।
संविधानसभाको समानुपातिकतर्फ उम्मेदवार भएका कतिपय केन्द्रीय सदस्यहरूका विरुद्ध नै पार्टी केन्द्रीय कार्यालयमा उजुरी
परेपछि सभासद् छान्ने अधिकार पाएको संसदीय समिति (बोर्ड) ले अनुशासन समितिलाई छानबिन गर्न अधिकार दिएको थियो । संसदीय बोर्डको सदस्यसमेत रहेकी समानुपातिकतर्फकी उम्मेदवार सुजाता कोइराला, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, मीना सुब्वा, सीता गुरुङ, महालक्ष्मी उपाध्याय