पत्रकार महासंघमा उजुरी –

सुचनाको हक अन्तर्गत सुचनाको माग गर्दै नेपाल पत्रकार महासंघमा  उजुरी परेको छ । पत्रकार महासंघको सदस्यता वितरणमा अनियमितता भएपछि सदस्यता संवन्धी विवरण माग गर्दै पत्रकार जीवन भण्डारीले महासंघका आज निवेदन दर्ता गराउनु भएको हो । नेपाल प्रेस युनियन काठमाण्डौका उपाध्यक्ष समेत रहेका भण्डारीले महासंघको केन्द्रिय कार्यालयमा दर्ता गरेको निवेदनमा महासंघको सदस्यता विवरण संवन्धी पाँच प्रकारका सुचनाहरु माग गरिएको छ।
२०६८ सालको जेठ देखि हाल सम्म महासंघको नयाँ सदस्यता प्राप्तीका लागी परेका आवेदनहरुको  प्रमाणीत विवरण, नयाँ सदस्यता प्राप्त गर्नेहरुको नामावली र नयाँ सदस्यता प्रदान गर्दा अप्नाईएको मापदण्ड भण्डारीले माग गर्नु भएको छ। सदस्यताका लागी आवदेन दिएका तर सदस्यता नपाएकाहरुले सदस्यता नपाउनुको कारण र नयाँ सदस्यताका सन्दर्भमा परेका उजुरीको छुट्टा छुट्टै प्रमाणीत विवरण पनि पत्रकार भण्डारीले माग गर्नु भएको छ।
आमसंचार र पत्रकारिताका विद्यार्थी समेत रहेका पत्रकार भण्डारीले आफुलाई अध्ययन अनुसन्धान प्रयोजनका लागि ति सुचनाहरु अत्यावश्यक भएकाले सुचनाको हक संवन्धी ऐन २०६४ को दफा ३ अनुसार उपलव्ध गराईदिन आग्रह गर्नु भएको छ। ऐन अनुसार महासंघले  १५ दिन भित्रमा भण्डारीले माग गरेको सवै विवरणहरु उपलव्ध गराउनु पर्छ ।
भण्डारीले दिएको निवेदनको पुर्णपाठ
श्रीमान् सुचना अधिकारी ज्यु,
नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालय,
संचारग्राम, काठमाण्डौ ।
मिति ः २०७० मंसिर २७ गते, विहिवार
विषय ः सुचना उपलव्ध गराईदिने संवन्धमा ।
उपरोक्त संवन्धमा मेरो अध्ययन अनुसन्धान प्रयोजनका लागि त्यस कार्यालयमा रहेको तपशिलका सुचनाहरु मलाई अत्यावश्यक भएकाले सुचनाको हक संवन्धी ऐन २०६४ को दफा ३ अनुसार उपलव्ध गराईदिनुहुन अनुरोध छ। सुचना प्राप्त गर्न लाग्ने शुल्क नियमानुसार तिर्न तयार छु ।
तपशिल
१, २०६८ सालको जेठ देखि हाल सम्म महासंघको नयाँ सदस्यता प्राप्तीका लागी कति आवेदन परे, शाखा अनुसारको नामावली सहितको प्रमाणीत विवरण ।
२,  यसरी प्राप्त आवेदनबाट कति जनाले नयाँ सदस्यता प्राप्त गरे, शाख अनुसारको प्रमाणीत नामावली विवरण ।
३,  उक्त अवधिमा प्रदान गरिएको नयाँ सदस्यता के कति आधारमा प्रदान गरिएको हो, सदस्यगत आधारमा छुट्टा छुट्टै प्रमाणीत विवरण ।
४,  उक्त अवधिमा नयाँ सदस्यताका सन्दर्भमा त्यस कार्यालयमा कुनै उजुरी प्राप्त भएको भए सो को छुट्टा छुट्टै प्रमाणीत विवरण ।
५, सदस्यताका लागी आवदेन दिएकाहरु मध्ये सदस्यता नपाएकाहरुले के कति आधारमा सदस्यता नपाएका हुन, सो को छुट्टा छुट्टै प्रमाणीत विवरण ।
वोदार्थ                                                                                                                     निवेदक
राष्ट्रिय सुचना आयोग, पेरिसडाँडाँ काठमाडौ                                              जीवन भण्डारी
विद्यार्थी,
आमसंचार र पत्रकारिता, स्नातकोत्तर तह,
गेझा ८, पाल्पा,
फोनः ९८५१००२२४०,
यसै बिच