नेताहरुले पार्टीगत रुपमा निर्णय गरेर हटाउने बताएका छन् । चुनाव सकिएको एक महिना हुन लागिसक्दा देशका अधिकांश ठाउँमा चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएका पोस्टर पाम्प्लेटहरु झिकिएका छैनन्। चुनाव अगाडि देखि नै धेरै दलका नेताहरुले निर्वाचन आयोगको आचारसंहिता विपरित रंगीन पोस्टर र ठूला पाम्प्लेट गाउँ शहरमा टाँसेर चुनावको प्रचारप्रसार गरेका थिए।
“अरुहरुले पनि सिकुन् भनेर मैले चुनाव जितेको तेस्रो दिनबाटै झल्लरहरु झिक्न शुरु गरेको ‘ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी,ले बताए । दलहरुले चुनाव सकिएको एक महिना पुग्न लागिसक्दा पनि आचारसंहिताले भने बमोजिम पोस्टर,पम्प्लेटलगायत प्रचारप्रसारमा उपयोग गरिएका सामग्री चुनावी क्षेत्रबाट झिकेका छैनन्।
अपवाद बनेर चुनाव सकिए लगत्तै आफ्नो चुनावी क्षेत्रबाट प्रचारका लागि झुन्ड्याएको झल्लर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले हटाएका थिए । सकारात्कमक सन्देशको लागि आफैँले झल्लरहरु झिकेको जोशीले भने, “अरुहरुले पनि सिकुन् भनेर मैले चुनाव जितेको तेस्रो दिनबाटै झल्लरहरु झिक्न शुरु गरेको थिएँ।”
आचारसंहिता अनुसार ६० दिनभित्र सबै प्रचारमा प्रयोग भएका सामग्री सफा गर्नुपर्ने प्रावधान छ।
“हामीले सबै दलहरुलाई पोस्टर झिक्न पत्र लेखिसकेका छौं, एमालेका शीर्ष नेता माधवकुमार नेपाल लगायतले त्यसपछि पोस्टर झिकेको खबर आएको निर्वाचन आयोगका आयुत्त दोलखबहादुर गुरुंगले बताए ।
तर चुनाव सकिएको एक महिना पुग्न लाग्दा दलहरुले ती सामग्री झिक्ने सुरसार नदेखाएपछि निर्वाचन आयोगले एकसाता अघि सबै दलहरुलाई पत्र लेखेको आयुक्त दोलखबहादुर गुरुंगले बताए।उनले भने, “हामीले सबै दलहरुलाई पोस्टर झिक्न पत्र लेखिसकेका छौं, एमालेका शीर्ष नेता माधवकुमार नेपाललगायतले त्यसपछि पोस्टर झिकेको खबर आएको थियो।”
तर नेकपा एमालेका ती वरिष्ठ नेताकै चुनावी क्षेत्रमा बिहीबारसम्म पनि कतिपय स्थानहरुमा पोस्टरहरु झिकिएका थिएनन्।चुनाव सकिइसकेपछि नेताहरुले पोस्टर पाम्प्लेट ननिकाल्नुलाई केही सर्वसाधारणले गैरजिम्मेवारीपूर्ण आचरण भएको बताए।
“उनीहरुलाई पद चाहिएको थियो, त्यही भएर पोस्टर राखे अब जितेपछि उनीहरुले किन झिक्थे र?” काठमाण्डूका एक स्थानीय बासिन्दाले भने।
जनताको मतको आशा गर्दै प्रचारमा उत्रिएका नेताले चुनावमा हारे पनि जिते पनि आफूले कुरुप बनाएको गाउँशहरलाई सफा नगर्ने हो भने देशै सफा गर्ने तिनको क्षमतामा धेरैले प्रश्न उठाउने छन् ।
।
सूचना : केहि प्राविधिक कारण बस नियमित समाचार प्रकाशनमा आएको अवरोध प्रती क्षमा प्राथी छौ । अब नियमित प्रकाशनका लागि सबै तयारी भएको अवगत गर्दै कुनै पनि प्रकाशन योग्य सामाग्री भए उमाकान्त पाण्डे गाउंले लाई umakantapandey@sandhikharka.com मा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ । प्रमुख सम्पादक – उमाकान्त पाण्डे
बाँकी अंश