समानुपातिक सभासद्द छनौटमा बिधी र प्रकृयालाई भन्दा गुटलाई प्राथमिकता दिईएको भन्दै कांग्रेसको पर्वत जिल्ला कार्यालय बन्द

– दुर्गाप्रसाद शर्मा 
समानुपातिकमा जिल्लाबाट कसैको नाम नपरेपछि नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
पर्वत जिल्लाबाट ४ जनाको नाम समानुपातिकमा पारेपनि एक जनालाई पनि समानुपातिकबाट सभासद नबनाएपछि जिल्ला कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो ।
जिल्लाबाट पहिले संविधानसभा र दोस्रो संविधानसभामा पनि एक जना नेतालाई पनि समानुपातिक सभासद नबनाएको आक्रोशमा तालाबन्दी गरेको कांग्रेस  कार्यकर्ताले बताए ।
पार्टीमा लामो समय काम गरेका र दुःख पाएकालाई पन्छाएर अवसरवादीहरुलाई समानुपातिक सभासद चयन गरेकोले अनिश्चितकालका लागि बन्द गरिएको महाधिवेशन प्रतिनिधि डिल्ली लामिछानेले बताउनुभयो  ।