कञ्चनपुर, माघ १३ । कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना गरिएको छ ।
कार्यालयको उद्घाटन गर्दै आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सुदूरपश्चिमको विकास तथा भष्ट्राचार नियन्त्रणका लागि स्थापना गरिएको अख्तियारको सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालय नमूना बन्ने दाबी गरे ।
सुदूरपश्चिममा प्रशस्तै सम्भावना रहेको भन्दै कार्कीले सुदूरपश्चिमका लागि छुट्टयाइने बजेटको सदुपयोग भएमा यस क्षेत्रको कायापलट गर्न सकिने बताए । IMAGECHANNELS