इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा सिनाबुङ ज्वालामुखी विष्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । मारिनेमा तीन स्कुले बालबालिका र एक जना शिक्षक पनि परेका छन् । बढ्दो तापमानका कारण उक्त क्षेत्रमा पुग्न कठिनाइ भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सिनाबुङ पहाडमा तातो ग्यास, खरानी र चट्टानका टुक्रा २ किलोमिटर माथि आकाशसम्म फैलिएको अधिकारीहरुले जनाएका छन् । यो ज्वालामुखी विगत तीन वर्ष देखी निश्क्रिय थियो ।
तर गत सेप्टेम्बरमा यो सक्रिय भएपछि आसपासका गाउँबाट हजारौ बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।
तर शुक्रबार मात्र उनीहरुलाई गाउं फर्कन अनुमति दिइएको थियो । इण्डोनेसियामा १ सय ३० ज्वालामुखी सक्रिय छन् ।
AGENCIES