काठमाडौं, माघ १९ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समयसीमा सकिँएको छ ।
यो समय सीमाभित्र दलहरुले सहमतीय सरकार गठन गर्ने सम्भावना सकिँएकोले अब बहुमतीय बाटोबाटै सरकार बन्ने अवस्था देखिएको हो। त्यसका लागि राष्ट्रपतिबाट बहुमतीय सरकार गठन गर्न दलहरुलाई आह्वान हुनेछ ।
त्यसपछि ब्यवस्थापिका संसदले प्रधानमन्त्री चयनका लागि मिति तोक्ने छ । सहमतीय सरकार गठनका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गरेको प्रयास सफल हुन सकेन ।
हिजो डाकिएको सर्वदलीय बैठकमा राप्रपा नेपाललगायतका केही दलले प्रतिपक्षमा बस्ने भन्दै काँग्रेसलाई बहुमतबाट सरकार गठन गर्न आग्रह गरेका थिए । एमाले लगायतका दलहरुले भने काँग्रेस नेतृत्वमा सरकार बनाउन राजी भएपनि सहमतिको स्पष्ट खाका पेश गर्न आग्रह गरेका छन् । RSS