काठमाडौं, माघ १९ । एक सय दिनसम्म आमरण अनशन बस्दा पनि न्याय नपाएका गोर्खा फुजेलका अधिकारी दम्पत्तिको माग र स्वास्थ्य अवस्थाबारे व्यवस्थापिका-संसद्को बैठकमा ध्यानाकर्षण गराइएको छ ।
आजको बैठक प्रारम्भ हुनासाथ समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एक सय दिनदेखि आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्तिको मागबारे सरकार गम्भीर नभएकोमा ध्यानाकर्षण गराएका हुन् ।
अधिकारी दम्पत्तिको जीवन रक्षा र दोषिमाथि कानूनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँदै थापाले यसबारे सदनलाई चाँडो जानकारी दिन माग गरे । यसपछि बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सरकारको ध्यानाकर्षण भएको जानकारी गराए । IMAGECHANNELS