कैलाली, फाल्गुन १९ । कैलालीको लालबोझी गाउँ विकास समितिस्थित मोहना नदीमा भएको गत शनिबार भएको डुंगा दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ । लालबोझी गाविसकी ३० वर्षीया इन्द्रावती चौधरीको शव नदीमा डुबेको अवस्थामा भेटिएसँगै मृतकको संख्या छ पुगेको हो ।
दुर्घटनामा परेका मध्ये अझै पाँच जना बेपत्ता रहेका छन् । लालबोझी गाविसकै सन्दीप चौधरी, फूलमति लोनिया, सात महिनाकी बालिका सनी अली र लज्जावती लोहनीको शव हिजो फेला परेको थियो ।
बेपत्ता हुनेमा लालबोझी गाविसकी पुष्पा कठरिया, रुक्सार अलि, चिनादेवी चमार, बोगी लोनिया र महिमत लोनिया छन् ।
डुंगामा ३० जना सवार रहेको कैलालीका प्रहरी प्रमुख उपरीक्षक मोहनराज जोशीले जानकारी दिए । बेपत्ता भएकाहरुको खोजी आज पनि बिहानैदेखि जारी छ ।
गत शनिवार साँझ भारततर्फबाट नेपाल फर्कंदै गरेको डुंगा अनियन्त्रित भइ दुर्घटना भएको थियो । IMAGECHANNELS