नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको मतदानमा व्यवसायिक प्यानलका उम्मेदवार महेन्द्र विष्ट निर्वाचित

काठमाडौं, वैशाख २२ ।  नेपाल पत्रकार महासंघमा व्यवसायिक प्यानलका उम्मेदवार महेन्द्र विष्ट निर्वाचित भएका छन् । प्रेस युनियनसम्बद्ध पोषण केसीलाई करिव ८० मतले हराउँदै उनी विजयी भएका हुन् ।
खुला उपाध्यक्षमा खिलबहादुर भण्डारी, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महाचिवमा उजीर मगर विजयी भए । खुला सचिवमा प्रभात चलाउने विजयी भए । परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
राति १ बजे सकिएको मतदानमा १५ सय ४७ मत खसेको थियो । महासंघमा १६ सय ५१ प्रतिनिधि छन् । 
निर्वाचित सदस्य तथा मत
पूर्वाञ्चल
गणेश पोखरेल- १०१ (निर्वाचित)
गणेश लम्साल- ८० (निर्वाचित)
मध्यमाञ्चल
शितल महतो- १०३ (निर्वाचित)
चिरञ्जीवी मास्के- ९२ (निर्वाचित)
पश्चिमाञ्चल
हरिनारायण गौतम- ११९ (निर्वाचित)
रुद्र भट्ट- १०८ (निर्वाचित)
मध्यपश्चिमाञ्चल
झलक गैरे- १२२ (निर्वाचित)
अजयदीप शर्मा- ९२ (निर्वाचित)
सुदूरपश्चिमाञ्चल
प्रकाशविक्रम शाह- ५४ (निर्वाचित)
खगेन्द्र पन्त- ५२ (निर्वाचित)
उपत्यका
ईश्वरी वाग्ले- ८७ (निर्वाचित)
रामहरि सिलवाल- ७७ (निर्वाचित)
प्रतिष्ठान
सुरज आचार्य- १४२ (निर्वाचित)
रोशन पुरी- ११७ (निर्वाचित)
कर्णाली
नवराज महतारा- २७ (निर्वाचित)
एसोसिएट
प्रकाश तिमल्सिना- ४७ (निर्वाचित)
प्रदीप न्यौपाने- ४० (निर्वाचित)
(अन्य पदाधिकारी तथा सदस्यको परिणाम घोषणा हुन बाँकी )
प्रकाशित मिति: २०७१ वैशाख २२
 IMAGEKHABAR, KANTIPUR