वैशाख २२ । सिरियामा आगामी जुनमा हुन लागेको राष्ट्रपति पदका लागि त्यहाँको सर्वोच्च संवैधानिक अदालतले तीन जना उम्मेदवारको नाम घोषणा गरिएको छ ।
जसमा राष्ट्रपति बसार अल असदसहित माहेर अब्दुल हाजिफ हाजिर र हसन बिन अब्दुल्लाह अल नुरी छन् ।
हाजिर र नुरी सिरियाली सांसद हुन् । सिरियामा आउँदो जुन ३ मा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति बसार अल असदविरुद्ध सिरियामा तीन वर्षदेखि जारी संघर्षमा झण्डै डेढ लाख जनता मारिइसकेका छन् भने दश लाखभन्दा बढी सर्वसाधारण देश छाडेर पलायन भएका छन् । असदको शासनविरुद्ध विद्रोहीहरुले देशभर प्रदर्शन जारी राखेकाले कति मतदाता निर्वाचनमा सहभागि होलान् भन्ने यकिन भएको छैन । AGENCIES