काभ्रेको लामीडाँडा दोलालघाट सडकखण्डमा यात्रु बस दुर्घटना हुंदा ६ जनाको मृत्यु, २० जना बढी घाइते

काभ्रे, वैशाख २० । काभ्रेको लामीडाँडा दोलालघाट सडकखण्डमा यात्रु बस दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । घटनामा २० जना बढी घाइते भएका छन् ।
मृतकमा काभ्रे बेखसिम्ले ७ की स्वस्थानी केसी, सिन्धुपाल्चोक सल्ले ८ की रोजिना धामी, सिन्धुपाल्चोक लामो साँघुकी सरिता श्रेष्ठ र संगिता कार्की छन् । घाइते भएका २० जना मध्ये ७ जनाको काठमाडौंको केएमसी अस्पताल र बाँकीको धुलीखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको बस ५० किलो भन्ने स्थानमा सडकबाट २ सय मिटर तल खोलामा खसेको थियो । IMAGEKHABAR