एक महिनादेखि रौतहटको चन्द्रपुर गैडाटारमा फैलिएको झाडापखाला र हैजाको महामारी अनियन्त्रित

रौतहट, जेष्ठ २३ । एक महिनादेखि रौतहटको चन्द्रपुर नगरपालिका-२ गैडाटारमा फैलिएको झाडापखाला र हैजाको महामारी अनियन्त्रित भएको छ । दूषित पानीको कारण झाडापखाला र हैजाले महामारीको रुप लिएको सरकारी अधिकारीले भन्ने गरेपनि उक्त बस्तीका बासिन्दा अझै खोलाको पानी पिउन बाध्य छन् ।
स्वच्छ पानीको उचित व्यवस्था हुन सकेको छैन । औषधि र उपकरणको अभावमा बस्तीमा सञ्चालिन स्वास्थ्य शिविरमा पनि बिरामीको उपचार राम्रोसँग गर्न नसकेको चिकित्सकहरुको गुनासो छ ।
आज मात्रै झाडापखाला र हैजाका १६ जना बिरामी उपचारार्थ भर्ना भएका छन् । गत वैशाख १६ गतेदेखि फैलिएको झाडापखाला र हैजाको प्रकोपले महामारीको रुप लिइसक्दा पनि नियन्त्रणको राम्रो पहल नभएको गुनासो सर्वसाधारणको छ । IMAGEKHABAR