गोरखा- गोरखा अस्पतालमा भर्ना भई सल्यक्रिया गराएर बच्चा जन्माएकी गोरखा नगरपालिका १ की १९ वर्षीय सोनु गुरुङको उपचारका क्रममा मृत्यु भएपछि गोरखा अस्पताल दिनभर तनाबग्रस्त बनेको छ।
चिकित्सको लापरवाहिका कारण मृत्यु भएको भन्दै आफन्तले कारवाही र क्षतीपूर्तीको माग गर्दै अस्पतालमा नाराजुलुस गरेका छन्। बुधवार अस्पताल भर्ना भएकि गुरुङको बिहिवार सल्यक्रियाबाट छोरी जन्मिएकी छन्। सल्यक्रिया गरेको केही घण्टामा नै सुत्केरीको स्वास्थ्यमा समस्या देखिएपछि भरतपुर मेडिकल कलेज रिफर गरिएको थियो। छोरी भने सकुसल रहेको श्रीमान कुमार गुरुङले बताए।
अन्तिम अवस्थामा रिफर गरिएको र गोरखा अस्पतालमा रहँदा बेवास्था गरेको भन्दै आफन्त आक्रोशित बनेका छन्।
अस्पताल, पिडित पक्ष, जिल्लाका राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी लगाएतको सहभागीतमा बर्ता भएपनि कुनै निश्कर्षमा पुगेको छैन। अस्पतालको तनाबले नियमित र आकस्मिक सेवा प्रभावित भएको छ। NAGARIKNEWS