छुट्ला है लाउन तिलहरी पोते अनी चुरा हातमा, यसपाली को तिज पनि गुल्मेली कै साथमा……..” गुल्मेली बरिष्ठ लोक गायक अशिम महत को यस सुमधुर लोक गीत सँगै गुल्मेली समाज बहराईन ले बिशेष गरी नेपाली महिला हरु को मौलिक चाँड हरितालिका तिज को अवसर पारेर स्थानिय नेपाली कलाकार हरुको साथमा “तिज कार्यक्रम २०१४” को आयोजना गर्ने भएको छ ।
अगस्ट २२,२०१४ का दिन बहराईन को राजधानी मानमा स्थित “च्याम्बर अफ कमर्स हाउस” मा दिउसो १२ बजे बाट हुन गई रहेको गुल्मेली समाज ले बहराईन मा दोस्रो पटक यस्तो प्रकार को तिज कार्यक्रम आयोजना गर्न लागिरहेको हो । कार्यक्रम को प्रबेस सुल्क बि.डी. २ रहेको छ । कार्यक्रम मा भब्य सास्कृतिक प्रस्तुती सँगै तिज को दर खाने ब्यवस्था समेत रहेको लोक गायक अशिम महत ले जानकारी दिएका छन । प्रवास मा रहेर पनि नेपाली सास्कृतिक पहिचान तथा मौलिक परम्परा को जगेर्ना गर्दै बिशेष गरी बहराईन मा रहेका महिला दिदी बहिनी हरु लाई मध्यनजर राख्दै सम्पूर्ण प्रवासी नेपाली हरु लाई स्वच्छ मनोरन्जन दिने यस कार्यक्रम को लक्ष्य रहेको गुल्मेली समाज बहराईन उपाध्यक्ष हिमलाल पाण्डे बताएका छन ।
कार्यक्रम बारे मा कुनै पनि जानकारी चाहिएमा प्रचार-प्रसार बिभाग को जिम्मेवारी पाएका हिमलाल पाण्डे(37787565), अशिम महत(33403411), श्याम खराल(36219634) तथा तस्बिर मा राखिएको फोन न. मा सम्पर्क गर्न सकिने उपाध्यक्ष पाण्डे ले जानकारी दिएका छन ।