हरेक सोमबार भक्तपुरको गठ्ठाघरबाट प्रकाशित हुदै आएको देश साप्ताहिकको कार्यालयमा गएराती चोरी भएको छ ।
देश पब्लिकेशन प्रालिले नियमित रुपमा प्रकाशित गर्दै आएको देश साप्ताहिकको एक थान ल्यापटप र दुईथान कम्प्युटर चोरी भएको देश साप्ताहिकका प्रबन्ध निर्देशक पेशल आचार्यले जानकारी दिनुभयो ।
देश साप्ताहिकसंगै संचालित बिहानी वचत तथा ऋण सहकारी संस्थाको दुईथान कम्प्युटर पनि चोरी भएको छ । दुबै कार्यालयको एकै साथ चारवटा कम्प्युटर र एकथान ल्यापटप चोरी भएको उहाँले जानकारी दिनुभयो । चोरी भएपछि नियमित प्रकाशित हुदै आएको पत्रिका सोमबार बन्द भएको छ ।
चारतले घरको माथिल्लो तल्ला र सबभन्दा तल्लो तलामा मानिस बस्ने भएपनि तेश्रोत तलामा रहेको देश साप्ताहिक र बिहानी सहकारीको कार्यालयबाट एकै साथ कम्प्युटर चोरी हुनु रहस्यमय भएको महानगरीय प्रहरी बृत्त थिमीले जानकारी दिएको छ । चोरी कार्यमा संलग्नको खोजी भईरहेको प्रहरीको भनाई छ ।