संविधानसभा अध्यक्षद्धारा संविधानको पहिलो मस्यौदा तयार गर्ने अधिकार माग, एमाओवादीको विरोध

काठमाडौं, पौष १७ । आगामी माघ ८ भित्रै संविधान जारी गर्नका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दुईओटा प्रस्ताव अघि सारेका छन् । सभाध्यक्ष नेम्वाङले विषयमा सहमति गर्न वा माघ ८ भित्रै संविधान जारी गर्ने गरी मस्यौदा गर्ने अधिकार आफूलाई दिन दलका नेताहरु समक्ष प्रस्ताव गरेका हुन् ।
दलका शीर्ष नेताहरु समेत सहभागी विहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभाध्यक्ष नेम्वाङले माघ ८ भित्र संविधान जारी गर्ने गरी मस्यौदा गर्ने अधिकार दिन प्रस्ताव गरेका हुन् ।
कुनै निर्णय गर्न नसकेको भनेर आलोचना खेपेका सभाध्यक्ष नेम्वाङले कार्यव्यवस्था समितिको बैठकमा संविधान निमार्णका लागि बैकल्पिक कार्यतालिका नै प्रस्तुत गरेका छन् ।
दलका नेताहरुले पटक