इजिप्टद्धारा थुनामा राखेका अल जजिरा टेलिभिजनको पत्रकार पिटर ग्रेस्टेलाई रिहा

इजिप्टले थुनामा राखेका अल जजिरा टेलिभिजनको पत्रकार पिटर ग्रेस्टेलाई रिहा गरेको छ ।
रिहा गरेलगत्तै इजिप्ट छाड्न भनिएपछि ग्रेस्टे साइप्रस गएका छन् । झूठो खबर दिएको आरोपमा उनलाई डिसेम्बर २०१३ मा पक्राउ गरिएको थियो ।
उनीसँगै पक्राउ गरिएका अरु दुई पत्रकार मोहम्मद फादेल फाहमी र बाहेर मोहम्मदका बारेमा भने अझै निर्णय गरिएको छैन ।
क्यानाडाको समेत नागरिकता रहेका फाहमीलाई भने क्यानडा पठाइनसक्ने बताइएको छ ।
तर दोहोरो नागरिकता नरहेका मोहम्मदबारे भने के हुन्छ भन्ने केही टुंगो नभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तीनै जना पत्रकारले इजिप्ट सरकारले लगाएको आरोप अस्विकार गर्दै आएका थिए ।
सन् २०१३ मा सेनाद्वारा अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको ब्रदरहुड पार्टीसँग गैरकानूनी बैठक गरेको अरोप पत्रकारहरुलाई लगाइएको थियो ।
इजिप्टमा सेनाले ब्रदरहुडलाई आतंकवादी संगठन घोषणा गरेको छ । राष्ट्रपतिले ग्रेस्टेलाई अष्टे