पेट्रोलियममा फेरि मूल्य घट्याे, अब पेट्रोल १०९ रुपैयाँ तथा डिजेल र मट्टीतेल ८६ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ। सोमबार मध्यराति १२ बजेबाट लागू हुने गरि पेट्रोलमा २ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा २ रुपैया मूल्य घटाएको आयल निगमले जनाएको छ। मूल्य घटेपछि अब बजारमा पेट्रोल १०९ रुपैयाँ तथा डिजेल र मट्टीतेल ८६ रुपैयाँमा खरिद गर्न सकिनेछ निगमले जनाएको छ।
सेतोपाटीमा समाचार छ। भारतमा पेट्रोलिय पदार्थको मूल्य घटेपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो। यसअघि निगमले यही माघ ४ गते पेट्रोलियम पदार्थको भाउ घटाएको थियो।
पेट्रोलियम पदार्थको मूल्य घटेपनि खाना पकाउने ग्यासमा भने मूल्य समायोजन गरिएको छैन। सेतोपाटीमा समाचार छ।