काठमाडौं – होहल्लाबीच प्रस्ताव समिति निर्माण भएलगत्तै स्थगित भएको संविधानसभा बैठक माघ २२ गते बोलाइएको छ ।
कान्तिपुरमा समाचार छ। संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना जारी गर्दै माघ २२ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिएका छन् ।
माघ ११ गते संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाओवादीसहितका विपक्षी मोर्चाको विरोध र होहल्लाबीच प्रस्ताव निर्माण समिति गठनको घोषणा गरेका थिए ।
बिनासहमति समिति निर्माण गरिएको भन्दै आक्रोसित एमाओवादी मोर्चा संविधानसभा बैठकमा भाग लिनसमेत नजाने निर्णयमा पुगेको छ ।
एमाओवादीले संविधानसभा बैठकमा सहभागी नहुने धारणा राखेको छ । ‘जनतासँग सल्लाह नगरी संविधानसभा बैठकमा जाँदैनौं,’ अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव चुणामणि खड्काले भने । कान्तिपुरमा समाचार छ।