काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले राजधानीमा भेला गरी छुट्टै पार्टी बनाउन सक्ने चेतावनी दिएको छ ।
पूर्व प्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द बहादुर चन्द पक्षले गरेको भेलामा सहभागीहरुले पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा र राप्रपा अध्यक्ष पशुपती शम्शेर राणाले पार्टीलाई प्राइभेट कम्पनीमा रुपान्तरण गरेको आलोचना गरेका थिए ।
राप्रपाको मध्यामाञ्चल स्तरीय कार्यकर्ता भेला भनिए पनि भेलामा चन्द पक्षका नेताहरु मात्रै सहभागी थिए ।
भेलालाई चन्द, नेता डा प्रकाश चन्द्र लोहनी, पर्शुराम खापुङ, धुब्रबहादुर प्रधान लगायतले संवोधन गरेका थिए । इमेजखबरमा समाचार छ ।