जनकपुरको पुल्चोकमा सेफ्टी ट्याङक बनाउने क्रममा करेन्ट लाग्दा चार जनाको मृत्यु

जनकपुर, चैत्र २१ । जनकपुरको पुल्चोकमा निर्माणाधीन घरको सेफ्टी ट्याङक बनाउने क्रममा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ ।
जमिनमुनि रहेको उक्त निर्माणाधीन ट्याङकको सेटिङ खोल्न जांदा तीन मजुरसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषा बेंगाशिवपुर-१, का सुनिला दास, मिलन मण्डल खत्बे र बेंगाशिवपुर-३, का श्याम मुखिया छन् ।
अरुण शाहको भने अस्पताल लैजांदै गर्दा मृत्यु भएको थियो । प्रहरीका अनुसार पानी रहेको ट्यांकीभित्र छिरेर ढलान गरिएका काठहरु निकाल्ने क्रममा अरुण शाहले देखाइरहेको बत्ति पानीमा खसेको थियो ।
पानीमा खसेपछि भित्रका तीनै जना मजदुर करेन्ट प्रवाह भएपछि छटपट्टिएको र अरुण शाह स्वयं बचाउन जांदा उन्लाई पनि करेन्ट लागेको प्रहरीले बताएको छ । इमेजखबरमा समाचार छ ।