बारा । बाराको रामपूर्वा गाविस वडा नम्बर-२ अरेम्बास्थित बिर्तामा आमा-छोराको रहस्यमय मृत्यु भएको छ ।
मंगलबार राति कुलदीप चौधरीका २१ वर्षीया श्रीमती अनु चौधरी र ३ वर्षीय छोरा राहुल चौधरी अचानक बेहोस भएपछि उपचारका लागि कोहल्वी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दिउँसो खेतमा गएकी अनुले खेतबाट फर्केपछि आफूहलाई खुट्टामा घोचेको महशुस भएको बताएकी थिइन् । अनुलाई सर्पले टोकेको हुनसक्ने र उनले विष फैलिएको दूध छोरालाई पिलाएका कारण आमा