ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने २ जना नेपालीलाई अमेरिकामा पक्राउ

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने २ जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई अलकायदाको सदस्य भन्दै ह्वाइट हाउसमा बम विस्फोटको चेतावनी दिने २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइराला हुन् ।
प्रहरीलाई उद्धृत गर्दै स्थानीय न्यूज नेट फाइभले जनाएअनुसार गुरु धिमालले गत शुक्रबार अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भएको बताएका थिए ।