कन्चनपुर । कन्चनपुरको दैजी गाविसको चम्फापुरनजिक विहीबार दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
म.१प. ९२०६ नम्वरको मोटरसाइकल पछाडि बसेका ३३ वर्षीय हिक्मत धानुकको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै फरार भएको अर्को मोटरसाइकलको खोजी भैरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।