महाभूकम्पमा परी अहिलेसम्म ७ हजार पाँच सय ५७ जनाको मृत्यु, घाइतेको संख्या १४ हजार ५ सय ३६, राहत वितरण कार्य जारी

NSZ005. Barpak (Nepal), 03/05/2015.- A woman sits among belongings salvaged from the rubble in Sankhu, after the devastating earthquake that hit the country on 25 April 2015, Kathmandu, Nepal, 03 May 2015. According to Nepalese officials, four survivors were rescued in northern Nepal, eight days after the earthquake hit the Himalayan country. The government updated the confirmed official death toll to 7,040, as reports of rescue workers digging out more dead bodies from the rubble in rural villages continue to pour in. (Terremoto/sismo) EFE/EPA/DIEGO AZUBEL

तस्बिर: EFE/EPA/DIEGO AZUBEL

 

काठमाडौं । महाभूकम्पमा परी अहिलेसम्म ७ हजार पाँच सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । भने सबै ठाउँमा राहत वितरण कार्य जारी छ ।  



सिन्धुपाल्चोकमा दुई हजार नौ सय ११, काठमाडौंमा एक हजार दुई सय दुई, नुवाकोटमा नौ सय चार, धादिङमा छ सय ८०, रसुवामा ४ सय ३३ र गोर्खामा चार सय १२ जना गरी मृतकको संख्या त्यति पुगेको हो ।



गृह मन्त्रालयले आज बिहान दिएको विवरण अनुसार, घाइतेको संख्या १४ हजार ५ सय ३६ पुगेको छ ।



एक लाख ९१ हजार ५८ वटा निजी घर र दश हजार सात सय आठ वटा सरकारी भवन पूर्णत क्षतिग्रस्त भएको छ ।



एक लाख ७५ हजार एक सय ६२ वटा निजी र १४ हजार सात सय ४१ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।