नेपाली सेना, सशस्त्र प्रहरीद्धारा भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत सामाग्री पुर्‍याउने कामलाई जारी

NSZ005. Barpak (Nepal), 03/05/2015.- A woman looks through the rubble as local residents return to their homes to try and salvage what they can in Sankhu, after the devastating earthquake that hit the country on 25 April 2015, Kathmandu, Nepal, 03 May 2015. According to Nepalese officials, four survivors were rescued in northern Nepal, eight days after the earthquake hit the Himalayan country. The government updated the confirmed official death toll to 7,040, as reports of rescue workers digging out more dead bodies from the rubble in rural villages continue to pour in. (Terremoto/sismo) EFE/EPA/DIEGO AZUBEL

तस्बिर: EFE/EPA/DIEGO AZUBEL !


 

काठमाडौं । नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत सामाग्री पुर्‍याउने कामलाई जारी राखेको छ । सोमबार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले काठमाडौंको गोंगबुबाट ३ जनाको शव र दोलखाको लामावगरबाट ३ जनाको शव उत्खनन गरी निकालेको थियो ।



त्यसैगरी सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, दोलखा, काभ्रेपलान्चोक र धादिङ जिल्लाका बिभिन्न स्थानहरुबाट स्वदेशी नागरिक २०७ जना र विदेशी नागरिक १८ जना गरी जम्मा २२५ जना घाईते बिरामीहरुलाई सेनाले उद्धार गरेको छ ।



सोमबार राति अबेरसम्म नेपाली सेनाले हवाई तथा यातायात साधन प्रयोग गरी सिन्धुपाल्चोकमा खाद्यान्न १९ टन र राहत सामाग्री १७.५ टन पुर्‍याएको छ । रामेछापमा खाद्यान्न २२ टन, त्रिपाल ५८५ गोटा र कम्बल २३५ गोटा, दोलखा जिल्लामा खाद्यान्न १.५३ टन र राहत सामाग्री १.५ टन, काभ्रेपलान्चोक जिल्लामा खाद्यान्न ३.०८ टन, पाल १४० गोटा र मण्डी १०० गोटा पुर्‍याईएको थियो ।



त्यसैगरी ओखलढुंगामा खाद्यान्न ३ टन, पाल २५७ गोटा र मण्डी ९० गोटा, मकवानपुरमा खाद्यान्न ४०.२ टन, पाल १०३ गोटा, त्रिपाल ४०० गोटा र म्याट्रेस ६०० गोटा एवम् सिन्धुलीमा खाद्यान्न ३.५ टन, कम्बल ४०२ गोटा, त्रिपाल ३११ गोटा र म्याट्रेस १३५ गोटा पुर्‍याइएको छ ।



काठमाडौं जिल्लामा खाद्यान्न ४००० के.जी., पाल २८३ गोटा र मण्डी ३०० गोटा, भक्तपुर जिल्लामा खाद्यान्न ५० टन र पाल ४९१ गोटा तथा ललितपुर जिल्लामा खाद्यान्न ५ टन पुर्‍याइएकोे नेपाली सेनाले जनाएको छ ।



नेपाली सेनाले दिएको जानकारी अनुसार नुवाकोट जिल्लामा खाद्यान्न ६ टन, पाल ५० गोटा र मण्डी ५० गोटा, धादिङ जिल्लामा राहत सामाग्री ११ टन, रसुवा जिल्लामा खाद्यान्न १८१.४४ के.जी., पाल २५ गोटा र मण्डी ४४ गोटा र गोरखा जिल्लामा खाद्यान्न १४.७ टन, राहत सामाग्री १०.१ टन, त्रिपाल १५४ गोटा, कम्बल १८३ गोटा पुर्‍याइएको थियो ।



भूकम्पबाट प्रभावित १४ जिल्लाका २८४ गाविसहरुमा प्रभावकारी ढंगले फौजहरु परिचालन गरी आफूसभूकम्पग उपलब्ध श्रोत, साधनको अधिकतम सदुपयोग गर्दै उद्धार, राहत र पुनःस्थापनाको काम गर्दै आएको छ । अन्लाईनखबरमा समाचार छ ।