जिल्ला प्रशासन कार्यालय काठमाडौंले ८ स्थानमा मासु विक्री वितरणमा लगाइएको प्रतिबन्ध छ। भूकम्पपछि महामारी फैलन सक्ने भन्दै काठमाडौंका सुन्धारा, वसन्त्पुर, त्यौंड, गौंगबु,चोक, नयाँ बसपार्क यरिया, असन, बालाजु माछापोखरी क्षेत्र र साँखुमा माछा मासु बेचबिखनमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि काठमाडौंमा मासु विक्री वितरणमा रोक लगाइएको थियो। अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंल प्रतिबन्ध केही कम गर्दै जिल्लाका सुन्धारा, बसन्तपुर, असन, गोंगबु, चोक, नयाँ बसपार्क , बालाजु माछापोखरी क्षेत्र र साँखु बजार क्षेत्रमा मात्र माछा मासु बेचविखनमा प्रतिबन्ध लगाएको छ।
तोकिएको क्षेत्र बाहेकको अन्य क्षेत्रमा स्वस्थ्यकर माछा मासु विक्री वितरण गर्न सकिने र प्रतिबन्ध लगाएको माछा मासु बेचविखन गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । सेतोपाटीमा समाचार छ ।