भूकम्पका कारण फैलन सक्ने महामारी रोक्न नेपाल सरकारले चालेका कदमको विश्व स्वास्थ्य सङ्गठनद्धारा उच्च मूल्याङ्कन

विश्व स्वास्थ्य सङ्गठनका दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीसँग भेटीे भूकम्पका कारण फैलन सक्ने महामारी रोक्न नेपाल सरकारले चालेका कदमको उच्च मूल्याङ्कन गर्दै स्वास्थ्य उपचारका क्रममा आफ्नो सङ्गठन थप सहयोग गर्न तयार रहेको अवगत गराए।
 
मन्त्रालयका प्रवक्ता डा गुणराज लोहनीका अनुसार भेटमा मन्त्री अधिकारीले ९० प्रतिशतसम्म स्वास्थ्य संस्थामा क्षति पुगेको अवस्थामा पनि सरकारले प्रभावित जनताको स्वास्थ्य सेवामा देश विदेशको सहयोगमा विभिन्न टोली परिचालन गरेको बताउँदै सङ्गठनको सहयोगका लागि आभार व्यक्त गरे।
 
सङ्गठनले विशेषज्ञसहितको २० टोली परिचालन गर्नुका साथै त्रिपाललगायतका सामग्रीमा पनि नेपाललाई सघाएको छ । रासस