भुकम्पमा परी हालसम्म ५ सयभन्दा बढी वेपत्ता भएका छन् । काठमाडौं उपत्यकामा ७४ जना वेपत्ता भएको उजुरी परेको छ भने रसुवाको लाङटाङ क्षेत्रमा झण्डै २ सय जना हराईरहेका छन् । लगातार हिउँ पहिरो गइरहेकाले वेपत्ताहरुको खोजीमा कठिनाई भएको बताइएको छ ।
भूकम्पबाट ३१ जिल्लामा मानवीय क्षति भएको छ । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ३ हजार ५७, काठमाडौमा १ हजार २ सय २२, नुवाकोटमा ९ सय ७९, धादिङमा ७ सय १८, रसुवामा ४ सय ९१, गोरखामा ४ सय ७, काभ्रेमा ३ सय १७, भक्तपुरमा ३ सय १५ र ललितपुरमा १ सय ७६ रहेको छ । यता, नेपाल प्रहरीले भने भूकम्पबाट साँढे ६ लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । इमेजखबरमा समाचार छ ।