सर्वसाधारण सडकमा तस्बिर: एपी !
काठमाडौं । विनाशकारी भूकम्पको १७ दिनपछि दोहोरिएको दोस्रो ठूलो भूकम्पको धक्कासँगै राजधानी काठमाडौंको जनजीवन फेरि भयभित बनेको छ ।
मध्यान्ह कार्यालय समयमा अचानक भूकम्पको ठूलो धक्का आएपछि सर्वसाधारण सडकमा निस्किएका छन् । काठमाडौंको बानेश्वर चोकदेखि माइतीघर क्षेत्रमा सडक जाम भएको छ । सडकको माहोल वैशाख १२ गतेको पहिलो भूकम्पपछिकै जस्तो छ ।
मध्यान्ह करीव १ बजेको ठूलो भूकम्प लगत्तै सानो धक्का दोहोरिएकाले सर्वसाधारण घर र कार्यालयबाट बाहिर छन् । सडकमा गाडी र मोटरसाइकलहरु रोकेर राखिएका छन् ।
पसलहरु बन्द गरेर सर्वसाधारण बाहिर खुला ठाउँमा निस्किएका छन् । सबैले आफन्तलाई फोन गरिरहेका कारण टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्न सकेको छैन ।
भूकम्पबाट थप भौतिक संरचनाहरु भत्किएको आशंका गरिएको छ । प्रहरीले क्षतिको विवरण संकलन हुन बाँकी रहेको जनाएको छ । अन्लाईनखबरमा समाचार छ ।