मंगलबार गएको भूकम्पमा परी उपत्यकामा सयौ घाइते

In this photo provided by the International Organization for Migration (IOM), people gather in the street after an earthquake in Kathmandu, Nepal, Tuesday, May 12, 2015.  A major earthquake hit Nepal near the Chinese border between the capital of Kathmandu and Mount Everest less than three weeks after the country was devastated by a quake. (Paul Dillon/IOM via AP)
काठमाडौं त्रासमा, तस्बिर एपी !
 
काठमाडौ, वैशाख २९ – मंगलबार गएको भूकम्पमा परी उपत्यकामा मात्रै कम्तिमा ५४३ घाइते भएका छन् ।  गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले दिएको जानकारी अनुसार काठमाडौंमा ३०१, ललितपुरमा ११८ र भक्तपुरमा १२४ जना घाइते भएका छन् ।
अन्य जिल्लाको विवरण आउन बाँकी छ । 

मंगलबार अपरान्ह गएको भूकम्पको कारण अहिलेसम्म २९ जनाको निधन, १००० बढि घाइते
सिन्धुलीमा २ जनाको मृत्यु
काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु, मातातिर्थ, टेकु र सामाखुसीमा एक-एक जनाको मृत्यु भएको हो।
सिन्धुपाल्चोकमा चार, दोलखामा १० र सुनसरीमा १ जना गरि २१ जनाको मृत्यु
सर्लाहीको हरिवन १० खुर्खेत पोखरीमा सुक्रमाया मगरको मृत्यु भएको छ। 


पहिलेको उप्डेट
मंगलबार अपरान्ह गएको भूकम्पको कारण अहिलेसम्म ५ जनाको निधन भएको छ। 
 
नेपाल प्रहरीका डिआइजी हेमन्त पालका अनुसार काठमाडौको टेकुमा एक जनाको निधन भएको छ। यसअघि सिन्धुपाल्चोकमा ४ जनाको निधन भएको सिन्धुपाल्चोकबाट पत्रकार किशोर बुढाथोकीले जनाएको छन्।
 
नेपाल प्रहरीका एक अधिकृतका अनुसार, भक्तपुरमा ३२ जना भूकम्पमा परि घाइते भएका छन्। त्यसैगरी ललिपुरमा ७२, काठमाडौमा ७३ घाइते भएका छन्। यस अलवा सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते  भएका छन्। 
 
दोलखामा ९० प्रतिशत सम्म घरहरु ध्वस्त भएको प्रारम्भिक सूचना प्रहरीले संकलन गरेको छ। 
 
उनका अनुसार, भक्तपुरमा एक चारतले घर भत्किएको र त्यसकेा क्षति विवरण आउन बाकि, रामेछाप र सिन्धुपाल्चोकमा दुइ दुइ जना प्रहरी जवान घाइते भएका छन्। सेतोपाटीमा समाचार छ ।