वैशाख १२ र मंगलबार दिउँसो गएको विनासकारी महाभूकम्पका कारण मृत्यु हुनेको संख्या ८ हजार २१९, ७६ हजार ६३८ जना घाइते

A Mexican rescue worker stands at the site of a building that collapsed in an earthquake in Kathmandu, Nepal, Tuesday, May 12, 2015. A major earthquake has hit Nepal near the Chinese border between the capital of Kathmandu and Mount Everest less than three weeks after the country was devastated by a quake. (AP Photo/Niranjan Shrestha)
काठमाडौं । तस्बिर: एपी 
 
काठमाडौं । भूकम्पका कारण नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २१९ पुगेको छ । ७६ हजार ६३८ जना घाइते भएका छन् ।
 
वैशाख १२ मा आएको भूकम्पले ८ हजार १५४ र मंगलबार आएको भूकम्पले ६५ जनाको मृत्यु भएको गृहमन्त्रालयलाई उदृत गर्दै सूचना विभागले जनाएको छ ।
घाइतेहरुको राजधानीसहित बिभिन्न जिल्लामा उपचार भैरहेको छ । अन्लाईनखबर समाचार छ ।   

काठमाडौ – मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । 
गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट एक हजार ९२६ जना घाइते भएका छन् । 
भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । 
यसअघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी आठ हजार १५१ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ ।  रासस