सिन्धुपाल्चोकको तातोपानी स्थित स्कुलमा ८० जना स्थानीय मंगलबारदेखि फँसे, दस किलोमा अन्य २०० जना उद्दारको पखाईमा

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोकको तातोपानी स्थित मानसरोवर स्कुलमा ८० जना स्थानीय मंगलबारदेखि फँसेका छन् । स्कुलमा रहेका कामी शेर्पाले टेलिफोनमा आफुहरु निकै जोखिममा रहेको बताए । माथिबाट पहिरो आइरहेको छ, ढुंगाहरु खसिरहेको छ, तल भोटेकोशी छ, उनले भने ।
तातोपानीकै दस किलोमा अन्य २०० स्थानीय उद्दारको पखाईमा रहेका छन् । मंगलबारको भूकम्पपछि विरामीहरुको उद्दारमा हेलिकप्टर बढी प्रयोग भएकाले फँसेकाको उद्दारमा जान नसकिएको सुरक्षास्रोतले बताएको छ । ईकन्तिपुरमा समाचार छ ।