दुईचोटि आएको भूकम्पले दोलखा जिल्लालाई तहस-नहस, सिन्धुपाल्चोकलाई क्षत विक्षत

A man inspects an area that was severely affected in the May 12 earthquake stands tilted in Chautara, Nepal, Wednesday, May 13, 2015. Thousands of fear-stricken people spent the night outdoors after a new earthquake killed dozens of people and spread more misery in Nepal, which is still reeling from a devastating quake that killed thousands nearly three weeks ago. (AP Photo/Bernat Amangue)

चौतरा । तस्बिर: एपी

 

काठमाडौं । मंगलबारको भूकम्पले दोलखा जिल्लालाई तहस-नहस बनाएको छ । वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकलाई यस्तै क्षत विक्षत बनाएको थियो ।



दोलखा र रामेछापका सुदुर उत्तरी कतिपय बस्तीको अवस्था अझै स्पष्ट हुन सकेको छैन । दुईसातामा दुईचोटि आएको भूकम्पले दोलखाको सिंगटी, सिन्धुपाल्चोकको तातोपानी र रसुवाको लाङटाङ बस्नै नहुने गरी तहस नहस भएका छन् ।



दोलखाको सिंगटी बजार पहिरोको जोखिममा परेपछि त्यहाँबाट बस्ती हटाउनुपर्ने अवस्था आएको छ । सिंगटीमा बुधबार पनि चारैतिरबाट ठूला-ठूला पहिरो खसिरहेका छन् । अब सिंगटी बजार यथावत अवस्थामा रहन नसक्ने र त्यहाँका जनतालाई अन्यत्र सार्नुपर्ने अवस्था देखिएको स्थानीय प्रशासनले जनाएको छ ।



गौरीशंकर लगायतका हिमाली बस्तीमा हेलिकोप्टर पठाएर तत्कालीन उद्धारको काम गरिएको छ । तर, अझै कतिपय बस्तीको अवस्था थाहा हुन सकेको छैन ।



सुनखानी, सिंगटीलगायतका बजारमा पहिरो गएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार मृतकको संख्या ५६ पुगेको छ । उनीहरु मध्ये ४१ जनाको शनाखत भएको छ । १ सय ४२ जना घाइते भएका छन् । अहिले पनि उद्धार चलिरहेको छ आलेले भने ।



रामेछापको उत्तरी क्षेत्रका कतिपय बस्तिहरु हटाउनुपर्ने भएको छ । भुजीका तीनवटा वडा र दुरागाउँको वडा नम्बर १ का बस्तीहरुमा ठूलो पहिरो र पहरा खसेकाले बस्ती हटाउनुपर्ने अवस्था आएको हो ।



मंगलबार दिउँसो १२ बजेर ५२ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प दोलखा अति प्रभावित भएको हो ।



वर्षामा अझ जोखिम बढ्न सक्ने



भूकम्पले दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा लगायतका जिल्लालाई तहस-नहस बनाएका कारण अब वर्षायाम लाग्नासाथ पहाडमा पहिरो लड्ने र थप बस्तीहरु जोखिममा पर्न सक्ने सम्भावना बढेको छ । अहिले सुख्खामा गएको पहिरो वर्षायाममा थप बग्ने निश्चित भएकाले धेरै वस्तीहरु सार्नुपर्ने भूगर्वविदहरु बताउँछन् । अन्लाईनखबरमा समाचार छ ।