मङ्गलबारदेखी हराइरहेको अमेरिकी यूएच-१हुएइ हेलिकप्टर दोलखा जिल्लाको कालिञ्चोक र गार्थलीबीचको तिनधुरे डाँडामा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको छ। दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीयले भेटेका थिए।
स्थानीयको खबर अनुसार गएको नेपाली सेनाको हेलिकप्टरले दुर्घटनाग्रस्त हेलिकप्टरका भग्नावशेष देखेको खबर गरेको छ। हेलिकप्टर ११ हजार २ सय फिट माथि तीनधुरे डाँडामा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टरको पखेटाबाहेक सबै भाग जलेको अवस्थामा रहेको छ।
नेपाली सेना स्रोतका अनुसार स्थानीयले ५ वटा शव र हेलिकप्टरका भग्नावशेष छरिएको अवस्थामा रहेको खबर गरेका थिए। निगालो घारीले घेिरएको सानो पोखरीछेउ हेलिकप्टर दुर्घटनामा परेको पनि स्थानीयले बताएका थिए।
हेलिकप्टरमा दुई नेपाली सैनिक सहित ६ जना अमेरिकी सैनिक सवार थिए। काठमाडौंबाट भुकम्पपीडितको उद्दारका लागि उडेको हेलिकप्टर मङ्गलबार अपरान्ह ३.१५बजेदेखि सम्पर्कविहीन भएको थियो। सेतोपाटीमा समाचार छ ।