सिन्धुपाल्चोकमा । तस्बिर: एपी !
चौतारा – भूकम्पका त्रासले सिन्धुपाल्चोकका हजारौ जनाले गाउँ छाड्न थालेका छन्। सुख्खा पहिरो नरोकिएको र बस्तीहरू धाँजा फाटेकाले आफूहरूको असुरक्षित भएको भन्दै उनीहरूले सुरक्षित स्थान खोज्न थालेका हुन्।
हिमाली बस्तीबाट हजारौं जना सुरक्षित स्थानतिर लागिसकेका छन्। जिल्ला सुरक्षा समितिले उनीहरूलाई तत्काल सुरक्षित स्थानमा लैजानुपर्ने जानकारी सरकारलाई गराइसकेको छ। बरुवा, बासखर्क, तातोपानी, दुगुना, गोल्चे, गुम्बा, पाङताङ हगाम, हेलम्बु, इचोक, थाङपालकोट, फुलपिङकट्टी, भोताङ, गुन्सा, लिस्ती, पिस्कुर, घोर्थलीलगायतका गाविस बढी जोखिममा छन्। लिस्तीमा मात्रै डेढ सय बढी घर ध्वस्त भएका छन्। उनीहरू पहिरोको जोखिमले त्यहाँ फर्कन सकेका छैनन्।
पहिरो गएपछि गाउँलेहरूले चौपाया फुकाएर छाडेका छन्। बालीनाली चौपायालाई खुवाएका छन्। सरकारले कहिले सुरक्षित स्थानमा लैजान्छ भनेर प्रतीक्षामा छन् उनीहरू।