सिन्धुपाल्चोकमा । तस्बिर: एपी !
काठमाडौ – महाभूकम्प र त्यसपछिका पराकम्पनबाट भएको क्षति १० खर्ब रुपैयाँ बराबर पुग्न सक्ने अनुमान अर्थमन्त्री रामशरण महतले गरेका छन् । सरकारले क्षतिको विवरण लिइरहेको र तथ्याकं आएपछि राहत सँगै पुनर्निर्माणमा पनि सहयोग पुग्ने उनले बताए । अध्ययन गरिरहेका छौ शुक्रबार दातृ निकायका प्रतिनिधि सँगको छलफलमा महतले भने, ५ देखि १० अर्ब डलरसम्म हुनसक्ने देखिन्छ ।
अर्थमन्त्रीले छिटै भूकम्पको क्षतिको विवरण र पुनर्निर्माणबारे अध्ययन सक्ने बताए । विवरण तयार भएपछि आवश्यक रकमबारे प्रारम्भिक अनुमान गर्न सकिने र योजना बनाउन सहज हुने उनको भनाइ थियो । आगामी वर्षको बजेट अघि हामी पुन दातृ निकायसँग बसेर छलफल गर्छौ, उनले भने, कति सहयोग आउँछ भन्ने थाहा भएपछि त्यसलाई राखेर बजेट तयार पार्छौँ ।
भूकम्पपछि २३ हजार निजामति कर्मचारी, ६५ हजार सेना, ४२ हजार प्रहरी, २५ हजार शसस्त्र प्रहरी सँगै ६५ हजार स्वास्थकर्मी सरकारी क्षेत्रबाट राहत र उद्धारमा खटिएको महतले बताए । ३ हजार ५ हेलिकप्टरको उडानबाट ९ हजार ५ सय व्यक्तिलाई उद्धार गरिएको छ उनले भने ।
कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्माले विभिन्न संघसंस्थाले आफ्नै योजना अनुसार पुनर्निर्माण घोषणा गरेको बताए ।