गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६०, प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउने कार्य जारी

Residents walk past destroyed buildings in Chautara, north-eastern Nepal, on May 13, 2015 after two earthquakes in three weeks shook the country

(AFP Photo/Roberto Schmidt)

 

काठमाडौँ । गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६० पुगेको छ । 



गृह मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण ११७ जनाको मृत्यु भएको छ ।



हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये चार हजार ५७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



मृतकमध्ये हालसम्म आठ हजार ३९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउने कार्य जारी छ । रासस