भूकम्पबाट घरबार बिहिन भएका परिवारलाई सरकारले स्थायी टहरा बनाउनका लागि तत्काल १५ हजार रूपैयाँ नगद उपलब्ध गराउने

MA483. Nanglebhare (Nepal), 16/05/2015.- A Nepalese boy walks on the ruins of his damaged house in Nanglebhare, Nepal, 16 May 2015. The death toll for 12 May's 7.3 magnitude quake rose to 117, authorities said, separate from the 8,202 victims claimed by the April 25 earthquake. Affected children were 'facing an unprecedented emotional toll' from the double trauma of two natural disasters in a short period of time, the United Nations warned. (Terremoto/sismo) EFE/EPA/MAST IRHAM

नाग्लेबारीमा । तस्बिर: EFE/EPA/MAST IRHAM !

 

भूकम्पबाट घरबार बिहिन भएका परिवारलाई सरकारले स्थायी टहरा बनाउनका लागि तत्काल १५ हजार रूपैयाँ नगद उपलब्ध गराउने भएको छ।



शनिबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पबाट प्रभावित जिल्लाहरुमा भइरहेका कामको स्थलगत अनुगमनका लागि मन्त्रीहरुलाई खटाउने निर्णय गरेको छ।



निर्वाचित सभासदहरू संयोजक र अरू समानुपातिक सभासदहरू सदस्य रहने गरी राहत पुनर्स्थापनन अनुगमन तथा सुझाव समिति गठन गरेको छ।



उद्दार,राहत र अस्थायी बासस्थान व्यवस्थापनका कामको अनुगमन गर्न मन्त्रीहरुलाई ती जिल्लाहरुमै खटाउने निर्णय गरेको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए।



यस्तै जोखिममा परेका बस्तीलाई सुरक्षतित स्थानमा सार्ने भएको छ। सेतोपाटीमा समाचार छ ।