Photo: EFE/EPA/MAST IRHAM
वैशाख १२ गतेको महाभुकम्प र त्यसपछि २९ गते गएको अर्को भुकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै ८ हजार ५ सय पुगेको छ। १२ गते गोरखाको वारपाक केन्द्र बनाएर गएको ७.६ रेक्टर स्केलको महाभुकम्पबाट ८ हजार ३ सय ५६ र वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोक केन्द्र बनाएर गएको ६.८ रेक्टर स्केलको भुकम्पबाट १ सय ३६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। दुई पटकको भुकम्पमा परी मृत्यु हुनेको संख्या शनिबार दिउँसो साढे १ वजेसम्म ८ हजार ४ सय ९२ पुगेको छ। त्यस्तै वैशाख १२ गतेको भुकम्पबाट १७ हजार ८ सय ६८ र वैशाख २९ गतेको भुकम्पबाट ३ हजार १ सय ३५ जना घाइते भएका प्रहरीले जनाएको छ। दुई पटकको भुकम्पबाट २१ हजार ३ जना घाइते भएका छन्।
काठमाडौ – देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी शनिबार बिहान ९ बजेसम्म १ सय ३६ जनाको ज्यान गुमेको छ भने दुई हजार ९ सय ५६ जना घाइते भएका छन् ।
भने प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउने कार्य जारी छ ।
भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा ११, पूर्व क्षेत्रमा चार, मध्य क्षेत्रमा १ सय १८ र पश्चिम क्षेत्रमा तीन जना छन् भने घाइते हुनेमा उपत्यकामा एक हजार ७ सय ३९, पूर्व क्षेत्रमा १ सय २१, मध्य क्षेत्रमा ९ सय ७२, पश्चिम क्षेत्रमा १ सय १० र मध्यपश्चिम क्षेत्रमा १४ जना छन् । मृतक १ सय १३ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये १६ सय ९८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भूकम्पमा परी घाइते भएका नेपाल प्रहरीका ४३, नेपाली सेनाका छ र सशस्त्र प्रहरीका ११ जनासमेत उपर्युक्त सङ्ख्यामै समावेश गरिएको छ । भूकम्पमा परी चार जना बेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म तीन हजार ६ सय २७ पूर्ण रुपमा र पाँच हजार १ सय ९० आंशिक रुपमा गरी जम्मा आठ हजार ८ सय १७ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैगरी देशका विभिन्न भागमा यही वैशाख १२ गते आएको शक्तिशाली भूकम्पमा परी शनिबार बिहान ९:०० बजेसम्मको प्राप्त जानकारीअनुसार आठ हजार ३ सय ४९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८ सय ७० जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय ०९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा छ हजार एक सय ६४, पश्चिम क्षेत्रमा चार सय २१ र मध्यपश्चिम क्षेत्रमा दुई जना छन् । घाइते हुनेमा उपत्यकामा १० हजार सात सय ७३, पूर्व क्षेत्रमा तीन सय २५, मध्य क्षेत्रमा पाँच हजार पाँच सय ५०, पश्चिम क्षेत्रमा एक हजार एक सय ९८, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।
उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ तथा घाइते भएका नेपाल प्रहरी १ सय ४०, सशस्त्र प्रहरी २१ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत ती सङ्ख्यामै समावेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २ सय ५२ र विदेशी नागरिक १ सय १० जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार एक सय ३०, पूर्व क्षेत्रमा ३५ हजार चार सय ५४, मध्य क्षेत्रमा एक लाख ९८ हजार दुई सय ८३, पश्चिम क्षेत्रमा एक लाख १३ हजार नौ सय ४२, मध्यपश्चिम क्षेत्रमा तीन हजार एक सय ५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी चार लाख १७ हजार नौ सय ९७ भौतिक संरचना क्षति भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौँ उपत्यकालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायत राहत सामग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाइ गर्ने, सुरक्षा गस्ती गर्ने, उद्धार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६ सय २९ प्रहरी कर्मचारी परिचालन भएको प्रहरीले जनाएको छ । रासस