मंगलबारको भूकम्पले भत्किएको दोलखाको सिंगटीमा उद्दार कार्य सुरु, कम्तिमा सय जना पहिरोमा पुरिएको आशंका

A collapsed house is pictured during a landslide after Tuesday's earthquake at Singati Village

दोलखाको सिंगटी, तस्बिर: REUTERS/Athit Perawongmetha !

 

 सिंगटी, दोलखा – मंगलबारको भूकम्पले भत्किएको दोलखाको सिंगटीको घरमा पुरिएका मानिसहरुको उद्दार सुरु भएको छ । नेपाली सेनाको टोलीले शुक्रबार मात्रै बसपार्कस्थित ५ तले घर भत्किएका पुरिएका ४ जनाको शव निकालेको छ । निकालिएको शवमध्ये २ को मात्रै पहिचान भएको छ ।



पहिचान नभएको शव सिंगटी बजारको बीच भागमा राखिएको छ । शवको दुर्गन्धले स्थानीयबासी त्रसित भएका छन् ।



शव बीच बजारमा राखिएपछि दुर्गन्ध फैलिएर हामी बिरामी पर्न थालिसक्यौं, स्थानीय पदम पाण्डेले भने, यो शव बेलैमा अत्येष्टि गरिदिए हुन्थ्यो । यो बाटो हिड्न पनि नहुँने भएको छ ।



त्यही घरमा पुरिएका अन्य व्यक्तिको खोजी भइरहेको छ । सेनाको टोलीले शनिबार विहानैदेखि पुरिएको घरमा देखिएका एउटा शव निकाल्ने प्रयास गरिरहेको छ । उक्त घरमा अरु पनि पुरिएको हुनसक्ने सेनाले जनाएको छ ।



दोलखाकै लादु गाविसको भार्ले भीरमा तीन शना पुरिएको देखिएपछि हेलिकप्टरबाट पुगेको सेनाको टोलीले उद्दार कार्य सुरु गरेको छ । भार्ले भीरको छाँगामा एउटा बोलेरो गाडी पनि अड्किएको छ । भीरको दायाँबायाँ पहिरो गएकाले यहाँ कोही जिवितै हुनसक्ने आशंका गरिएको छ ।