५.५ रेक्टर स्केलको फेरि अर्को भूकम्पको धक्का, शनिबार मात्रै चार रेक्टर स्केलभन्दा माथिका सात वटा पराकम्पनहरू गए, दोलखाको भीरकोट र घ्याङ सुकाठोकरमा ठूलो पहिरो

काठमाडौं – शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम रोकिएको छैन ।
पछिल्लोपटक ५ बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको छ ।
शनिबारमात्रै ४ रेक्टर स्केल माथिका ८ वटा पराकम्पन गएका छन् । निरन्तरको पराकम्पनले खुला स्थानमा पाल टाँगेर बसेकाहरु फर्किएका छैनन् ।
भूकम्प मापन केन्द्रका अनुसार शनिबार गएका भूकम्पका अधिकांश केन्द्र दोलखा छन् । २९ गते गएको दोस्रो शक्तिशाली झड्काले दोलखामा सर्वाधिक क्षति भएको थियो । ईकन्तिपुरमा समाचार छ । 
पहिलोपोष्टका अनुसार भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ। भूकम्पका कारण दोलखाको भीरकोट र घ्याङ सुकाठोकरमा ठूलो पहिरो गएको छ। भीरकोटको माझीगाउँ नजिक भीर र जंगल रहेको क्षेत्रमा ठूलो पहिरो गएको जफे गाविसका सुशील काफ्लेले जानकारी दिएका छन्। त्यस्तै घ्याङ सुकाठोकरमा पनि पहिरो गएको छ। दुबै ठाउँको सुख्खा पहिरोपछि धेरै धुलो उडेको देखिएको उनले बताए।  
समय रेक्टर स्केल केन्द्र
साँझ ५:१९ ५.५ दोलखा
बिहान ९:३५ ४.२ ललितपुर/मकवानपुर
बिहान ९:२४ ४.२ सिन्धुपाल्चोक
बिहान ६:३१ ४.० गोरखा/धादिङ
बिहान ६:११ ४.० नुवाकोट
बिहान ४:३८ ४.१ दोलखा
बिहान ४:२८ ४.१ दोलखा
बिहान २:१५ ४.० गोरखा



दोलखालाई केन्द्र बिन्दु बनाएर शनिबार दिउँसो ५.५ रेक्टर स्केलको फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ। 
शनिबार दिउँसो ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो। 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज मात्रै चार रेक्टर स्केलभन्दा माथिका सात वटा पराकम्पनहरू गएका छन्। सेतोपाटीमा समाचार छ ।