गत वैशाख १२ र २९ गते गएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार पाँच सय ६७, चार लाख ८८ हजार सात सय ८८ घर पूर्णत क्षतिग्रस्त

A Nepalese military personnel walks past collapsed buildings after Tuesday's earthquake at Charikot Village, in Dolakha

चरिकोटमा । तस्बिर: REUTERS/Athit Perawongmetha

 

काठमाडौं । गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ५६७ पुगेको छ । 



भने प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउने कार्य जारी छ ।



गृह मन्त्रालयले आज बिहान उपलब्ध गराएको विवरण अनुसार, अहिलेसम्ममा सिन्धुपाल्चोकमा ३४२३, काठमाडौमा १२१४, नुवाकोटमा एक हजार ४५, धादिङमा सात सय २८, रसुवामा पाँच सय ७९, गोर्खामा चार सय १४, भक्तपुरमा तीन सय २६, काभ्रेमा तीन सय १८, ललितपुरमा एक सय ८१, दोलखामा एक सय ५४ जनाको मृत्यु भएको छ ।



भूकम्पबाट चार लाख ८८ हजार सात सय ८८ घर पूर्णत क्षतिग्रस्त भएको पनि गृहले जनाएको छ । रासस






गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ५६७ पुगेको छ । गृह मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार बढी मृत्यु हुनेमा हालसम्म सिन्धुपाल्चोकमा ३ हजार ४२३, काठमाडौँमा १ हजार २१४, नुवाकोटमा १ हजार ४५, धादिङमा ७२८, रसुवामा ५७९, गोरखामा ४१४, भक्तपुरमा ३२६, काभ्रेमा ३१८, ललितपुरमा १८१ र दोलखामा १५४ जना रहेका छन् ।