भूकम्पपीडित नेपालीहरुलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन राष्ट्र संघका महासचिवको पुन: अपील

MA483. Nanglebhare (Nepal), 16/05/2015.- A Nepalese girl covers her face as she stands on a dusty road in Nanglebhare, Nepal, 16 May 2015. The death toll for 12 May's 7.3 magnitude quake rose to 117, authorities said, separate from the 8,202 victims claimed by the April 25 earthquake. Affected children were 'facing an unprecedented emotional toll' from the double trauma of two natural disasters in a short period of time, the United Nations warned. (Terremoto/sismo) EFE/EPA/MAST IRHAM

तस्बिर: EFE/EPA/MAST IRHAM



संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले नेपालका भूकम्पपीडितले ८० लाख नेपालीको पहिचान गुमाउने गरी भूकम्प झेलेका नेपालीहरुलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन पुन अपील गरेका छन् ।



राष्ट्रसंघीय बिशेष महासभालाई सम्बोधन गर्दै बान कि मुनले बिनाशकारी भूकम्पबाट प्रभावित नेपाल र नेपालीलाई दीर्घकालिन र दिगो पुन निर्माणमा लगानी जुटाउन अपरिहार्य रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन आग्रह गरेका हुन ।



उनले बैशाख १२ र २९ गतेको भूकम्पले नेपालका पूर्वाधार तहसनहस पारेकाले तत्काल ठूलो सहयोग आवश्यक भएको भन्दै अन्तराष्ट्रिय समुदायको ध्यान केन्द्रित गरेका हुन् ।



यसैबीच संयुक्त राष्ट्रसंघको बिशेष महासभाले भूकम्पको बिनाश र त्यसको प्रभावसंग जुध्न आपतकालीन सहायता बृद्धि, पुन निर्माण तथा पुन स्थापना प्रस्तावन पारित गरेको छ ।



सर्वसम्मतिबाट पारित उक्त प्रस्तावका समर्थक राष्ट्रसंघका सबै १ सय ९३ सदश्यले राष्ट्रसंघीय सहायता पुन निर्माणका प्रयासमा प्रभावकारी समन्वय सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । इमेजखबरमा समाचार छ ।